कोरोना संक्रमणदर बढेको भन्दै मापदण्ड पूर्ण पालना गर्न आग्रह

काठमाडौं चैत ११ l मन्त्रालयले आज नियमित ब्रिफिङमार्फत् स्वास्थ्य सतर्कता कडाईका साथ पालना गर्न सबैमा आग्रह गरेको हो l
खुला सीमाना रहेको भारतका सीमावर्ती राज्य पश्चीम बंगाल, युपि र बिहारमा संक्रमणदर उच्च रहेको र बेलैमा सावधानी नअपनाएमा केही हप्तामै नेपालमा कोरोना संक्रमण भयावह हुने भन्दै विज्ञहरुले सचेत गराएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ३ हजार ९ सय ६३ नमूना परीक्षण हुँदा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमित संख्या २ लाख ७६ हजार ३ सय ८८ जना पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा १ जना थपिएर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ । त्यस्तै गत २४ घण्टामा ९० जनासहित हालसम्म २ लाख ७२ हजार १ सय ८७ जना कोरोनामुक्त भएका छन् । यो संख्या कूल संक्रमितमध्ये ९८ दशमलव ५ प्रतिशत हो ।
त्यस्तै देशभर संक्रिय संक्रमित १ हजार १ सय ८२ जना छन् भने क्वारेन्टिनमा ६३ जना छन् । आसियुमा ४५ र भेन्टिलेटरमा ५ जना उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।।