थ्री नेशन्स कप: नेपाली खेलाडी को घोषणा

काठमाण्डौ ११ चैत्र । काठमाडौंमा जारी थ्री नेसन कपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघले घोषणा प्रतियोगिताका लागि २३ खेलाडीको नाम घोषणा गरेको हो।
प्रतियोगिता सुरु हुनु अगवै टोली घोषणा गर्नु पर्ने भए पनि नेपालले भने आफ्नो पहिलो खेलको एक दिन अगाडी खेलाडीहरुको नाम सर्वजनिक गरेको हो ।नेपालले प्रतियोगिता को पोहिलो खेल किर्गिस्तानको यु-२३ टोली विरुद्ध बिहीबार खेल्दै छ।
गोलकीपर बिशाल श्रेष्ठ र विशाल सुनुवार, डिफेन्डर पालसाङ लामा , सूरज विक र विकास खवास, मिडफील्डरहरु हेमन्त थापा मगर र सन्तोष तामाङ र फरवार्ड आशीष लामा, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ लाई राष्ट्रिय टीमबाट बाहिरिएका छन् ।
थ्री नेसन खेल्ने नेपाली टोली
गोलरक्षक: किरण कुमार लिम्बु (कप्तान), बिकेश कुथु, दिप कार्की
डिफेन्डर: रन्जित धिमाल,निशान खड्का,रोहित चन्द,अनन्त तमाङ, दिनेश राजबशीं, अजित भण्डारी, बिराज महर्जन, छिरिङ्ग गुरुङ
मिड्फिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तमाङ, एरिक बिष्ट,सन्जोग राइ, बिशाल राइ, सुनिल बल, रबी शंकर पाशवान
फर्वार्ड्स: अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास