ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाको दोस्रो लहर: त्रासमा उद्योगि,सानो अर्थतन्त्र भएकोले पुनः लकडाउन गर्न सकिने अवस्था छैन् ।

काठमाडौँ चैत ११ l कोभिड नियन्त्रण तथा रोकथाम गर्न भन्दै सरकारले लकडाउन गरेको आज अर्थात चैत्र ११ गते एक बर्ष पुरा भएको छ । चीनको बुहान हुँदै विश्व भरि फैलिएको कोरोना नियन्त्रण तथा रोकथाम गर्ने प्रमुख अस्त्रको रुपमा विश्वले कडाउनलाई अबलम्बन गरेको थियो ।

सन् २०१९ को अन्तिममा देखिएको यो भाईरसका कारण सन् २०२० को पहिलो ६ महिना विश्वको झण्डै आधा जनसंख्या लकडाउनमा थियो । भाईसरका कारण हाल सम्म १२ करोड ४८ लाख संक्रमित छन भने २७ लाख ४६ हजार बढिले ज्यान गुमाई सकेका छन् ।

कोरोनाका भ्याक्सिन आए सँगै पछिल्लो समय विश्वमा कारोना संक्रमितको संख्यामा पनि कमी आउदै गएको थियो । तीन महिना देखि निरन्तर ओरालो लागेको संक्रमितको संख्या पछिल्लो एक हप्ता देखि भने निरन्तर बढिरहेको छ । जसलाई विज्ञहरुको कोरोनाको दोस्रो लहर भनेका छन् ।

सन् २०२१ सुरु भए यता निरन्तर ओरालो लागेको कोरोना संक्रमितको संख्या एक हप्ता यता उकालो लागे पछि पुनः चिन्ताको विषय बनेको छ । संक्रमितको संख्या बढदै गएपछि विज्ञहरुले भाईरसको स्वरुप परिवर्तन भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

पछिल्लो समय अमेरीका, युरोप तथा भारतका संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । भारतमा मात्रै पछिल्लो २४ घण्टामा ४६ हजार बढि संक्रमित देखिएका छन् जुन तीन महिना यताकै उच्च हो ।

भारतमा संक्रमितको संख्या बढे सँगै नेपालमा पनि पछिल्लो तीन दिन यता संक्रमितको संख्या बढदै गएको छ । सोमबार ७७ जना संक्रमित भेटिएका थिए भने मंगलबार १५० र बुधबार १८८ जना कोरोना संक्रमित फेला परेका छन् ।
संक्रमितको संख्या बढे सँगै स्वस्थ्य मन्त्रालयले सार्वजनिक कार्यक्रम, आमसभा तथा भोला गर्न रोक लगाएको छ ।
मन्त्रालयको यो कदमले पुनः लकडाउन हुन सक्ने आम सर्वसाधाको बुझाई छ । यद्यपी प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन् । स्वस्थ्य मन्त्रालयले सार्वजिन कार्यक्रममा रोक लगाएको छ भने गृह मन्त्रालयले आईसोलेसन र क्वारेन्टाई तयारी अवस्थामा राख्न निर्देशन दिई सकेको छ l

तर भारत बाट निर्वाध रुपमा आवजाव भने भईरहेको छ । भारतमा संक्रमण बढे सँगै भारतबाट फर्किने नेपालीको संख्या दिन प्रतिदिन बढिरहेको छ । सिमामा राखिएका हेल्थ डेक्स प्रभावकारी नहुँदा अवजाव निर्वाध भईरहेको छ ।

विज्ञहरुले समसयमौ त्यस तर्फ ध्यान दिनु पर्ने बताएका छन् । दोस्रो लहरको त्रासमा उद्योगि व्यवसायी सरकारले गरेको लकडाउनको कुनै अर्थ छैन् भन्दै विरोध गरेका उद्योगि व्यवसायीहरुलाई कोरोनाको दोस्रो लहरले चिन्तित बनाएको छ ।

कोरोनाका कारण लकडाउन हुँदा नेपालको अर्थतन्त्र झण्डै २ प्रतिशतले ऋणात्मक भएको छ । झण्डै ६ महिना सम्पूर्ण उद्योग धन्दा कलकारखान पुर्ण रुपमा ठप्प हुँदा ४० लाख युवा बेरोजगार भएका थिए । साउन पछि सरकारले लकडाउनलाई विस्तारै खुकुलो बनाउदै लगेपनि अर्थतन्त्र अझै पूर्णरुपमा लयमा आउन सकेको छैन् ।
६ महिना सम्म ठप्प भएको अर्थतन्त्र विस्तारै चलायमान हुँदै कोरोनाको एक बर्षमा झण्डौ–झण्डै पुरानै अवस्थमा फर्केको छ ।

यद्यपी कोरोना कालमा बन्द भएका सबै उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छैनन् भने नयाँ क्षेत्रमा लगानी हुन सकेको छैन् । खोप कार्यक्रम प्रभावकारी र कोरोनाको दोस्रो लहरलाई रोक्न सके चालु आर्थिक बर्षमै अर्थतन्त्र पुर्ण लयमा फर्किन सकने नेपाल नेम्बर अर्फ कमर्श बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको बुझाई छ । देशको अर्थतन्त्र साने भएको पुनः लकडाउन गर्ने सकिने अवस्था नरहेको उनले बताए ।

पछिल्लो समय फेरी बढदै गएको संक्रमितको संख्याको उद्योगी व्यवसायिलाई चिन्तित बनाएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको भनाई छ । दशै तिहार जस्ता ठूला चाडपर्वले आर्थिक बर्षको पहिलो ४ महिना ४० प्रतिशतले अर्थतन्त्र चलायमान हुने गरेपनि यस बर्ष भने यसमा संकुचन आई २५ प्रतिशत हाराहारी मात्रै चलायमान भएको थियो ।

पछिल्लो समय संक्रमितको संख्या घटदैगएपछि रोजगारी बढदै गएको थियो भने बैंकमा थुप्रिएको पैसा लगानी भईरहेको थियो । यसै गतिमा अघि बढने हो भने तीन महिना भित्र पुरानै अवस्थामा फर्किन सक्ने अर्थविद्हरुको बुझाई छ । तर अर्थतन्त्र पुरानै अवस्थामा नफर्किदै पुनः कोरोनाको दोस्रो लहरको त्रास फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *