ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

क्षयरोगका कारण बर्षेनि १७ हजार जनाले ज्यान गुमाउने

काठमाडौं,चैत ११ । विश्वभर हरेक बर्षको २४ मार्चको दिन अन्तर्राष्ट्रिय क्षयरोग दिवस विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष ‘संकेतको समयको, क्षयरोगको अन्त्य’ भन्ने मूल नाराका साथ मनाइदै छ ।

हरेक बर्ष विविध कार्यक्रम गरी मनाइदै आएपनि नेपालमा दैनिक ४६ जनाले क्षयरोगका कारण मृतयुवरण गर्ने गरेको तंथ्याक छ । भने बर्षेनि १७ हजारले क्षयरोगका कारण ज्यान गुमाउने गरेको तंथ्याक छ । त्यसैले क्षयरोग निवारणका लागी अझै पनि चुनौती रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको भनाइ छ।

अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचनले नेपालमा प्रत्येक वर्ष ६९ हजार भन्दा बढी क्षयरोगका बिरामी थपिने र तीमध्ये उपचारको दयारामा नआएकालाई पहिचान गरी उपचार प्रक्रियामा ल्याउनु ठुलो चुनौती देखिएको बताए ।

नेपालमा पछिल्लो तथ्यांक अनुसार ४१ हजार क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् । क्षयरोगका कारण अझै पनि बर्षेनि १७ हजार जनाले ज्यान गुमाउने गरेको छ भने दैनिक ४६ जना षयरोगका कारण मृत्यु हुने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

क्षयरोग एक सामाजिक मुद्धाको बिषय पनि हो । यो गरीबि,खानपान ब्यरोजगार र मानसिक स्वास्थ्य सम्म यो जोडिएको कारणले गर्दा आज क्षयरोग विकराल रुप लिइरहेको जानकारहरु बताउछन् । क्षयरोगमा प्रत्यक्ष काम गर्ने जनशक्ति कमि छ त्यसैले गर्दा पनि पहिचान गर्न गाह्रो भएको डा अनुज भट्टचनले बताए।

अहिले नयाँ र पूरानो गरी देशभर करिब १ लाख १७ हजार बिरामी छन् । गत आर्थिक वर्ष १ लाख ५५ हजार ३ सय भन्दा बढी बिरामी पत्ता लागेको राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन् । क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका अनुसार नेपालमा निजी स्वास्थ्य क्षयरोगको निदान ९ प्रतिशत तथा उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको निर्देशक भट्टचनले जानकारी दिए ।

क्षयरोग केन्द्रका योजना, मुल्यांकन, अनुगमन तथा अनुसन्धान प्रमुख मुक्ति खनालले कोरोना संक्रमणबाट ७ जना क्षयरोगीले ज्यान गुमाएको बताए । नेपालमा २५ प्रतिशत क्षयरोग बिरामीको मृत्यु हुने गरेको जानकारी दिए । उनका अनुसार हाल विश्वमा औषतमा १५ प्रतिशत क्षयरोगबाट मृत्यु हुने पाइएको छ भने नेपालमा २५ प्रतिशत क्षयरोग बिरामीको मृत्यु हुने गरेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *