ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अर्थतन्त्र लयमा ?

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

कोरोनाका कारण धरासायी भएको अर्थतन्त्र पछिल्लो समय पुनः लयमा फर्किएको धेरैले विश्लेषण गरेका छन् । आयात निर्यात पुरानै अवस्थामा फर्किएको छ भने बजेट खर्चको अवस्था पनि पुरानै छ । तर अर्थशाविद् र उद्योगि व्यवसायिले भने आयात निर्यातको अवस्थालाई मात्रै रहेर अर्थतन्त्र लयमा फर्किको भन्न नमिल्ने बताएका छन् ।
कोरोनाका कारण सरकारले गत बर्ष चैत ११ गते देशव्यपी लकडाउन गरेको थियो जस कारण अर्थतन्त्र चौपट भएको थियो । आयत निर्यात ठप्प भएको थियो भने उद्योगधन्दा कलकारखान सम्पूर्ण बन्द भएका थिए । जस कारण देशकै अर्थतन्त्र २ प्रतिशतले ऋणात्मक भएको छ । तर पछिल्लो समयमा भने अर्थतन्त्रलयमा फर्किएको धेरैले विश्लेषण गरेका छन् । आयात निर्यात समान्य अवस्थामा फर्किको छ भने बजेट खर्चको अवस्था पनि समान छ ।

तर अर्थविद्हरुले भने आयात निर्यातको अवस्थालाई मात्रै हेरेर अर्थतन्त्र लयमा फर्किको भन्न नमिल्ने बताएका छन् । आयात निर्यातले कुल ग्राह्स्र्थ उत्पादनमा फरक नपर्ने भएकोले अहिले नै अर्थतन्त्रलयमा फर्किएको भन्न नमिल्ने अर्थविद् शंकर शर्माको भनाई छ । अझै पनि पर्यटन क्षेत्र बन्द अवस्थामै रहेकोले अर्थतन्त्र पुर्ण लयमा आएको भन्न नसकिने तर पछिल्लो समय केहि चलायमान हुँदै गएको उनको भनाई छ ।
अर्थमन्त्रीका आर्थिक सल्लाहाकार प्रकाश श्रेष्ठले पनि अहिलेनै पूर्ण लयमा फर्किएको भन्न नसकेको बताए । उनले भने कोभिडको दोस्रो लहर आउने खतरा रहेकोले त्यस तर्फ सचेत हुनु पर्ने र अझै केही क्षेत्र सञ्चालनमा आउन नसकेको पूर्ण लयमा आईसकेको छैन् ।

गत आर्थिक बर्षको पहिलो ८ महिनामा पेट्रोल ६ लाख ५५ हजार ७ सय किलोलिटर आयात भएको थियो भने डिजेल १२ लाख २० हजार किलो लिटर आयात भएको थियो । त्यस्तै मट्टितेल ३२ हजार ९२० किलोलिट हवाई ईन्धन २ लाख ११ हजार ५४० किलोलिटर आयात भएको थियो । त्यस्तै खाना पकाउने ग्याँय ५ लाख २० हजार किलोलिटर आयात भएको थियो ।
चालु आर्थिक बर्षको पहिलो पेट्रोल ३ लाख ९८ हजार ६६४ किलो लिटर आयात भएको छ । जुन गत बर्षको तुलनामा झण्डौं आधाको कमी हो । त्यस्तै डिजेल ११ लाख ४८ हजार २० किलोलिटर आयात भएको छ । गत बर्षको पहिलो ८ महिनामा १२ लाख २० हजार किलो लिटर आयात भएको थियो । त्यस्तै मट्टितेल १५ हजार ३१२ किलोलिटर, हवाई ईन्धन ३९ हजार ८० किलो लिटर र खाना पकाउने ग्याँस ३ लाख ६३ हजार ७३५ किलो लिटर आयात भएको छ ।

कोभिडका कारण बन्द भएका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन आउन नसकेको अवस्थामा अर्थतन्त्र लयमा फर्किको भन्न नमिल्ने नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपध्यक्ष राजेन्द्र मल्लको भनाई छ । कोभिडको दोस्रो लहर रोक्न सके चालु आर्थिक बर्षमा लयमा फर्किने उनको भनाई छ । रेमिट्यान्समा असर नगरेपनि कुल ग्रह्स्र्थ उत्पादनमा माथि जान नसकेको मल्लले बताए ।
युरोप र भारतका कोभिडको नयाँ लहर आएकोले नेपाल सरकार पनि त्यसको रोकथाममा लाग्नु पर्ने उद्योगिहरुको भनाई छ । कोरोनाको दोस्रो लहर रोक्न नसके अर्थतन्त्र पुनः धरासाहि हुने उद्योगिको भनाई छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *