थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुवात
11 - 11Shares

काठमाडौं चैत्र १० । थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा बंगलादेशकोले विजयी सुरूवात गरेकाे छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा बंगलादेशले किर्गिस्तानको यू २३ लाई १–० गोल अन्तरले पराजित गरेर प्रतियाेगितामा विजयी सुरूवात गरेको हो ।
बंगलादेशको जितमा किर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३० औं मिनटमा किर्गिस्तानका खेलाडी कुमारवज उलु बैमानले बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गरेका थिए ।
पहिलो हाफमा एक गोलले अगाडी रहेको बंगलादेशले दोस्रो हाफमा समेत केही गोल गर्ने अवसरहरु पाएका थिए तर सफल हुन सकेनन ।
यस्तै खेलको ८६ औं मिनटमा किर्गिस्तानका बायमले गरेको प्रहारले तारगेट हिट गर्न सकेन भने ८८ औं मिनटमा किर्गिस्तानको अर्को आक्रमणलाई बंगलादेशी गोलकिपर अनिसुर रहमानले बचाएका थिए । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा जापारोको फ्रिकिकलाई बंगलादेशले राम्रो बचाउ गर्दै गोल हुन दिएनन् ।
खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच चुनिए । जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ ।
जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ । प्रतियोगितामा विहिबार नेपालले किर्गिस्तानसँग खेल्नेछ ।