ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

४० वर्ष जेलमा दुर्गा प्रसादको प्रदेश १ सरकारले उपचार गर्ने क्षतिपूर्तीमा समेत पहल

काठमाडौं चैत्र १०। वर्ष भारतीय जेलमा जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश नम्बर १ सरकारले गर्ने भएको छ ।

हत्या आरोपमा भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारमा ४० वर्ष बसेर मुक्त भएका दुर्गाप्रसादको स्वास्थ्य अवस्थामा कमजोर देखिएको छ ।

उनको सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने र, उपचारका लागि परिवारसँग समन्वय गर्न जिल्ला प्रशासन कार्यलयले समेत जिम्मेवारी लिने भएको छ ।

इलाम वा बिर्तामोडमा केही दिनभित्र स्वास्थ्य जाँच हुने र सहि ठाउँबाट आएको रिपोर्ट अनुरुप थप उपचार प्रक्रिया अगाडी बढाउने प्रदेश १ सरकारको तयारी छ ।

उपचार संगसंगै विना कारण आरोपकै भरमा ४० वर्ष जेल बसेका दुर्गा प्रसाद तिम्सिनाका लागि क्षतिपूर्ति समेत दिलाउन प्रदेश १ सरकारले पहिल गर्ने तयारीमा जुटेको छ । कोलकताको उच्च अदालतले दुर्गाप्रसादको मुद्दामा फैसला गर्दै क्षतिपूर्ति दिन सरकारका नाममा आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *