ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पठाओ राइडरलाई ज्याकेट र ट्राउजर लगाउन बन्देज

काठमाडौं चैत्र १०। महानगरीय ट्राफिक प्रहरी महाशाखाले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर लगाउन बन्देज लगाएको छ ।

पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने जसका कारण विकृति रोक्न राइड सेयरिङ कम्पनी प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षा बढेको बताउँदै बुधबारबाट पठाओ राइडरले पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन नपाउने बताएका छन् ।

राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ नेपालले जनाएको छ । यदि त्यस्तो गल्ती कसैले गरेमा कारबाही गरिने महानगरिय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

विकृति फैलिएको यस्तो हकमा अफलाइन यात्रु बोक्ने प्रचलन हट्ने र राइडरको थप सुरक्षा पनि हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *