कोरोना संक्रमण बढेसँगै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई सुरक्षा मापदण्डमा कडाइ गर्न निर्देशन

काठमाडौं ,चैत १० । कोरोना भाइरस संक्रमणको जोखिम पुन बढेको भन्दै गृह मन्त्रालयले सोमबार नै ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको हो।
भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमामा कडाई गर्न, जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन, अनावश्यक भीडभाड सभा समारोह बन्द गराउन निर्देशन दिइएको हो ।
त्यस्तै क्वारेन्टीन आइसोलेसन देखि अस्पतालहरु समेत तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ।