ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो केहीदिन यता फेरी नेपालमा पनि कोरोना संक्रमित संख्या बढ्दो

काठमाडौं चैत १० । देशभर पछिल्लो चौविस घण्टामा ४ हजार ३२ वटा नमुना परीक्षण गर्दा देशभर १ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ३ हजार १९ पुगेको छ ।

चौबीस घण्टामा देशभरबाट थप ७७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ । हालसम्म निको हुने प्रतिशत ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

हाल देशभर ४८ जना क्वारेन्टिनमा र १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *