ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा आत्महत्याको दर उच्च

सेयर गर्नुहोस
  • 19
  •  
  •  
  •  
    19
    Shares

काठमाडौँ चैत १० l देशमा हरेकदिन १४ देखी १६ जनाले आत्महत्या गर्ने गरेको तंथ्याक आज सार्वजनिक गरिएको हो । आज काठमाडौंमा आयोजित आत्महत्या रोकथाम संयन्त्रका लागि पत्रकारहरुसँग कार्यशाला गोष्टिका आयोजकहरुले नेपालमा हरेक बर्ष ८ हजार जनाले आत्महत्या गर्ने गरेको जानकारी दिए ।
गत ५ बर्षयता नेपालमा आत्महत्या गर्नेको संख्या बढदो रहेको मनोचिकित्सकहरुको भनाई छ ।

सञ्चार माध्यमले दिने आत्महत्या सम्बन्धी समाचारले पनि मानिसहरुलाइ झनै नकारात्मक प्रभाव पारिरहेको भन्दै चिकित्सकहरुले सावधानीपूर्ण तरिकाले समाचार सम्प्रेसण गर्न आग्रह गरेका छन् ।
विश्वभर आत्महत्याका कारण प्रतिबर्ष ८ लाख मानिसले ज्यान गुमाउने गरेको तंथ्याक रहेको छ ।

१५ बर्ष देखि २९ बर्ष उमेर समुहका मानिसहरुको मृत्युको दोश्रो कारण भनेकै आत्महत्या रहेको साइकोलोजिष्टह बताउछन् ।कोरोना महामारीका कारणले गर्दा झन पछिल्लो चार महिनाको तंथ्याक हेर्दा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *