ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मनिग्राम मार्फत दुइसय बढि देशहरुबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

अन्तरदेशीय विपे्रषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।

सम्झौतासंगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन् । साथै निकट भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विपे्रषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ र छिटैनै मनिग्राम मार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिनेछ । यस साझेदारीको आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, यूरोप, बेलायत लगायत २०० भन्दा बढी देशकाहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुँनेछ ।


डिजिटलिकरण गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पुयाउने छ।”मनिग्राम इन्टरनेशनल अन्तरदेशीय विपे्रषण सेवाको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी हो । मनिग्राम मार्फत २०० भन्दा बढी देशहरुबाट सहज र सरल ढंगबाट पैसा पठाउन सकिनेछ भने ९० भन्दा बढी देशबाट डिजिटल माध्यमबाटै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्नोसेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनिट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्टको भगिनी कम्पनी पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *