ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजदूत सुकको स्वागत

काठमाडौं, चैत ९ गते । नेपाल तेक्वान्दो संघले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुक ९एबचप ऋजयलन क्गप० को सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना ग¥यो ।


सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए । तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले सुकलाई प्रशंसा पत्र प्रदान गरे भने महासचिव दीपराज गुरुङले माया चिनो प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुकले नेपालमा तेक्वान्दो खेल निकै लोकप्रिय रहेको र खेलाडी संख्या पनि उल्लेख्य रहेको आफूलाई जानकारी भएको धारणा व्यक्त गरे । उनले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा नेपाली खेलाडीले उत्कृष्ट नतिजा हासिल गरेकोमा बधाइ दिदै अब टोकियो ओलम्पिकमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।


अध्यक्ष राणाले नेपाली तेक्वान्दोको विकासमा कोरियाली सरकारको महत्वपूर्ण रहँदै आएको स्मरण गर्दै सुकको कार्यकालमा सहयोगले अझ व्यापकता पाउने विश्वास व्यक्त गरे । सो अवसरमा एनटीए डेमो टिमले आकर्षक प्रस्तुती प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *