अरुण तेस्रोको विद्युत प्रतिस्पर्धाबाट बेचिने

काठमाडौँ चैत्र ९ l भारत सरकारको स्वामित्वमा रहेको सतलज लजविद्युत कम्पनीले निमार्ण गरिरहेको अरुण तेस्रोबाट उत्पादन भएको ७०२.९ मेगावट विद्युत प्रतिस्पर्धामा बेच्ने भएको छ ।
आयोजनाले सोमबार एक सूचना जारी गर्दै उत्पादित विद्युत प्रतिस्पर्धाको अधारमा बेच्ने जनाएको छ । विद्युत खरिदमा नेपाल भारत र बंगलादेशका कम्पनीहरुको प्रतिस्पर्धा गर्ने आयोजनाले जनाएको छ । प्रतिस्पर्धाबाट छानोट हुने प्रस्तावकर्ताले सतलज सँग २५ वर्षका लागि विद्युत खरिद सम्झौता (पीपीए) गर्नसक्नेछन् l
उत्कृष्ट मू्ल्य दिने प्रस्तावकर्तालाई बिजुली बिक्री गर्ने जनाएको छ । सतजल सँग समझौता गरेको कम्पनीले सम्बन्धित देशको सरकारसँग पनि बिजुली खरिद–बिक्रीको सम्झौता गर्नु आयोजनाले जनाएको छ । विद्युतमा खरिदमा भारत र बंगलादेशका कम्पनीहरुबीच प्रतिस्पर्धा हुनसक्ने सतलजको अनुमान छ ।
निमार्णधिन अरुण तेस्रोको अहिलेसम्म ३५ प्रतिशत बढी निर्मा कार्य भएको छ । ९ सय मेगावाटको यो परियोजनाले सन् २०२३ को फेब्रुअरीमा सम्पन्न हुने छ । यो परियोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम (एसजेभिएन) अन्तरगतको सहायक कम्पनीले निमार्ण गरिरहेका छ ।यो परियोजनाका लागि भारत सरकारले बजेटबाट नै रकम छुट्याएर खर्च गर्दै आएको छ ।
यो परियोजनामा करिब साढे १४ अर्ब नेपाली, नेपाली बैंकले नै लगानी गर्दैछन् जसमा एभरेष्ट बैंकले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंकले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । त्यस्तै एक खर्ब १ अर्ब रुपैयाँ अर्थात ६३ अर्ब भारु भारतीय बैंकबाट जुटाएको छ ।
नेपाल सरकारले सरकारले २०७१ मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) गरी यो जिम्मेवारी सतलजलाई दिएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैसाख २९ गते नयाँदिल्लीमा स्विच थिचेर अरुण तेस्रो परियोजनाको संयुक्त शुभारम्भ गरेका थिए ।