ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चालकले बसपार्कमा बिच बाटोमै गाडी तेर्साउनुको कारण भाडाको विवाद भएको बताएका छन्

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं, चैत्र ९  । काठमाडौको गोंगबु बसपार्कमा बिहान करिब डेढ घण्टा भन्दा बढी समय सडकको बिचमै बस रोकेर चाबी लिएर चालक हराए । कारण थियो ट्राफिक प्रहरी संगको विवाद

नेपालगन्जबाट आएको यात्रुबहाक बस बिहान २ घण्टा झण्डै बस्पार्क आपासको क्षेत्रको बिच सडकमा तेर्सियो । सामान ल्याउँदा भाडा धेरै असुलेको भन्ने खबर पाएपछि ट्राफिकले चालकसंग अव्यवहारिक ढंगबाट प्रस्तुत भएको भन्दै सडकमै जाम हुने गरि सडकको बिचमा सवारी रोक्दा केही समय सर्वसाधराणले भने सास्ती खेप्नु पर्यौ चालक र ट्राफिक प्रहरीसंग छलफल हुँदा चालक बिचमै बस छोडेर चाबि लिएर गायब भए ।

नेपालगन्जबाट नेपाल प्रहरीका एक डिएसिफ जवानले पठाएको तेलको भाडाको विवाद थियो । चालकका अनुसार तेलको भाडा ५ सय लाग्नेमा ३ सय दिईएको र २ सय अर्को सम्बन्धित मान्छेबाट लिनु भन्ने क्रममा एक्कासी ट्राफिकले भाडा बढी असुलेको भन्दै चालकलाई कुनै प्रमाण बिनानै धम्क्याएको र ५ हजारको चिट काटेको चालक बताउँछन् ।

उक्त खबर पाएपछि सहि ठाउँमा पुगेको र गुनासा सुनिदिएको भन्दै ट्राफिकले भने आफूहरुको कामनै आजवतजावत र यात्रुका समस्यामा हेरफेर गर्ने भएको बताउँछ ।
आफूहरुले १ हजार भन्दा धेरै चिट काट्न परेमा यातायातमा पठाउने र आफूले चिट समेत नकाटेको ट्राफिकको तर्क छ ।

सामान्य छलफलमा चित्त नबुझ्दा बिच सडकमै सवारी रोक्नु र नियम नमान्नु र ट्राफिकले पनि कुनै ठाउँमा मनोमानी र आफ्नै पारा देखाउँदा नीतिको थिति भने बिग्रिदै गरेको देखिन्छ । जसका कारण सर्वसाधरणले भने सास्ती खेप्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *