ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमण बढ्दै गर्दा स्थानीय निकायहरु पुर्व तयारिमा जुटन थाले

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं,चैत्र ९ । छीमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र रुपमा बढेसँगै नेपालमा जोखिम बढेको भन्दै सरकारले सिमा नाकामा कडाइ गर्ने तयारी गरेको छ । नजिकिदो होली लगायत संक्रमण बढेसँग भारतबाट फर्किनेको संख्या बढन थालेपछि सीमा क्षेत्रका स्थानीय निकायहरु पुर्व तयारिमा जुटन थालेको विरगंज महानगरपालीका नगरप्रमुख विजय कुमार सराजवगिले बताए।

स्वास्थ्य मन्त्रालयले पनि आयतबार एउटा नोटिस जारी गर्दै सभा,समारोह,जुलुस लगायत भीड बढी हुने क्रियाकलाप नगर्न आग्रह गरेको छ । विभिन्न मुलुकमा दोस्रो लहरले जनजिवन प्रभावित भैरहदा नेपालमा पनि बेलैमा सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ ।

भारतमा पुन कोरोना संक्रमण तिब्र रुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मानिसको भिड बढी हुने सभा सम्मेलन लगायत गतिविधि नगर्न आग्रह गरेको छ । खुला सिमा रहेको भारतमा संक्रमण बढ्दा नेपालमा पनि जोखिम उच्च हुने भन्दै नाकाहरुमा कडाइ गर्दै आवश्यक सतर्कता अपनाउन मन्त्रालयले सम्बन्धित निकायलाई सचेत गराएको छ l

पछिल्ला दिनको तथ्यांक अनुसार नेपालमा संक्रमितको संख्या कमि देखिएपनि जोखिम कायमै रहेकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

पहिले नाकाहरु अनियन्त्रीत हुदाँ तथा नेपाल भित्रीनेलाइ राखिने क्वारेन्टिन पनि ब्यवस्थित नहुदा संक्रमण नियन्त्रणमा समस्या भएको थियो । अब त्यस्तो हुन नदिन नाकाहरुमा कडाइका साथ परीक्षण गर्ने तथा क्वारेन्टाइको राम्रो ब्यवस्थापन गर्न आवश्यक रहेको विज्ञहरु बताउछन ।

समस्या जटिल नहुदै बेलैमा संबन्धित निकाय बिच प्रभावकारी समन्वय भएमा पहिलेको जस्तो अवस्था भोग्नु नपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरराज भण्डारी बताउछन ।

संक्रमणको जोखिम रहेको अवस्थामा अहिले पनि सभा सम्मेलन तथा भिडभाड बढी हुने गतिविधि रोकिएका छैनन । भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालन नगर्दा जटिल अवस्था आएपछि मात्रै अस्पताल पुग्नेहरुको संख्या बढन थालेको चिकित्सकहरु बताउछन ।

पछिल्ला केहि दिन यताको तथ्यांक हेर्दा नेपालमा पनि संक्रमितको संख्या बढ्दो ग्राफमा छ । दुइ चरणको खोप अभियानमा १६ लाख भन्दा धेरै नागरीकले खोप लगाइसकेका छन् भने खोप आपूर्तीमा समस्या हुदा हाल अभियान स्थगीत भएको छ । यो अवस्थामा नागरिक आफैपनि सतर्क हुन जरुरी छ भने तिनै तहका सरकारवीच प्रभावकारी समन्वय र पूर्वतयारीमा जुटन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *