ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १५० जनामा कोरोना संक्रमण,३ जनाको मृत्यु

सेयर गर्नुहोस
  • 18
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं,चैत ९ । देशभर पछिल्लो चौविस घण्टामा ४ हजार ४ सय ७२ वटा नमुना परीक्षण गर्दा देशभर १ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ३ हजार १९ पुगेको छ । चौबीस घण्टामा देशभरबाट थप ९९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको छ ।

हालसम्म निको हुने प्रतिशत ९८ दशमलव ५ प्रतिशत रहेको छ । हाल देशभर ५१ जना क्वारेन्टिनमा र १ हजार १७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *