माधव नेपाल सहित ४ नेताको घरमा इस्वर पोखरेलले पठाए स्पष्टीकरण माग्दै पत्र
काठमाडौं चैत्र ९ । गुटगत भेला गरेको भन्दै एमालेका नेपाल-अनाल समुहका माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ । महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्।
महासचिवले स्पष्टीकरण सोधेको पत्र सहित पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले नेताका घरमा पठाएका छन् ।
शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।