ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बंगलादेशका राष्ट्रपति पुगे राष्ट्रपति भण्डारीको स्वागतमा विमान स्थल,भण्डारीलाई २१ तोपको सलामी

एजेन्सी चैत्र ९ । दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश पुगेकी राष्ट्रपति विद्या भण्डारीलाई ढाकामा विपशेष स्वागत गरिएको छ । बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत भण्डारीको स्वागत गरेका थिए।

भण्डारीको स्वागतमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित भएका थिए । भने विमानस्थलमा २१ तोपको सलामी दिइएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्यसहित बंगलादेश पुग्नुभएकी भण्डारीले नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *