सबै धर्मको आधार मौन हो

९९ प्रतिशत बोली व्यर्थ, अनिवार्य बोल्नुस, त्यती नै बोल्नुस जुन बोलिले कसैको हित होस
काठमाडौं, चैत ९ । हाम्रो बुद्धि विकृत किन छ भने विचारै विचार छ । जस्तो कि आकाशमा बादलै बादल छ । जसरी बदलले सुर्य देखिएको छैन्, जब बादल हट्छ तब खुला आकाश र सुर्य को दर्शन हुन थाल्छ । त्यस्तै विचार भरिदाँ बुद्धिको प्रतिभा त्यसमै लिप्त भएको छ ।
हजारौ पर्दा छन् विचारका एक विचार हट्यो फेरी अर्को आउँछ यसरी हजारौं विचार आउने क्रम चलिरहन्छ । यी जन्म जन्ममा भरिएका विचार हुन्, लामो यात्रामा गएजसरी धेरै धुलो, फोहोर र पसिनाले शरिर मैले हुन्छ नहुहाएमा शरिरबाट गन्ध आउन थल्छ विचार पनि जन्मैजन्म देखि नहुहाएको फोहोर जसरी जम्मा भएको हो । ध्यान स्नान हो । किनकी यसले विचारमा कमी ल्याँउछ ।
वैज्ञानिक बताउँछन् पुरै दिनमा १० लाख संस्कार बुद्धि बनेको छ । बाहिरको आवाज, चराको चिरविर, कोही बोलिरहेको, जब सुत्छौ, काम गर्छौ, गर्मी भयो, शर्दी भयो यी सबै संस्कार भैसकेको हुन्छ । यसरी एक दिन २४ घण्टामा १० लाख संस्कारको नजिक हुन्छौं हामी यै संस्कार यात्राको क्रममा जम्मा भएको धुलो मैला हो ।
बुद्धिको क्षमता धेरै छ । हाम्रो शरिरमा ७ करोड सेल हुन्छ एक सेलले अर्बौ संस्कार जम्मा गरेको हुन्छ । सारा दुनियाको जति ज्ञान छ यो सबै एक मानिसको बुद्धिमा समाहित हुन् सक्छ । यो जम्मा भएको भ्रमको पर्दा चिर्न बुद्धिमान साधक हुनु जरुरी छ ।
पहिला वाक अधिसमस्त ईन्द्रियालई मौन गर्नुपर्दछ अर्थात पहिला बोल्न बन्द गर्नुपर्दछ । बोल्दा नै बुद्धिले धेरै विचार जम्मा गरेको हुन्छ । बोल्नको कारणले सुन्ने पनि गरिन्छ । जसले मनलाई अस्थिर बनाउछ । हामी दिनभरि बोलेकोमा ९९ प्रतिशत बोली व्यर्थ हुन्छ । जसको कुनै मूल्य हुँदैन ।
जब तपाई असत्यलाई बारम्बार बोल्दै जानुहुन्छ तब त्यो तपाईलाई सत्यमा परिणत गरिदिन थाल्छ । अत्यन्तै अनिवार्य छ भने मात्र बोल्नुस त्यती नै बोल्नुस जुन बोलिले कसैको हित होस
वाणी जब तपाईं बाहिरबाट रोक्नुहुन्छ तब आफै भित्र बोल्न थाल्नुहुन्छ त्यो पनि एक संस्कार बन्न थाल्छ । आफूसंग आफै पनि बोल्न बन्द गरिदिनुस । जब मौन बढदै जान थाल्छ सुन्ने र हेर्ने विषय कम हुँदै जान्छन् । तब सबै शान्त हुँदै जान थाल्छ विचार कम हुँदै जान्छ सबै धर्मको आधार मौन हो । महाविर १२ वर्ष मौन बसे, बुद्ध अनेक अनेक दिन मौनमा विताए जिसस बोल्न भन्दा पहिला मौनकै उदाहरण हुन् । यो दुनियामा जब कुनै सत्ययको अवतरण भएको छ तब हाम्रो तालमेल ब्रम्हसंग जोडिन थाल्छ । त्यसैले साधुको मुनि भनिन्छ कीनकि यसको अर्थ मौन हो ।
वास्तवमा उसैलाई बोल्ने अधिकार छ जो बाहिर भित्र दुवै मौन छ ।