राष्ट्रपति भण्डारी बङगलादेश प्रस्थान, मुख्य तिन विषयमा छलफल हुने

काठमाडौं, चैत ९ । बाङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गर्नुभयो ।
राष्ट्रपति भण्डारी बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको विशेष चार्टर विमानमार्फत ढाका प्रस्थान गरेकी हुन । बिहान १० बजे ढाकामा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशिधर मिश्रले स्वागत गर्नुहुनेछ ।
भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् ।
राष्ट्रपति भण्डारीलाई त्यहाँको ‘गार्ड अफ अनर’ ले सम्मान गरिनेछ ।
राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग आजै दुईपक्षीय भेटवार्ता हुनेछ कार्यक्रम रहको छ भने त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केहि विषय, पशुपन्क्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालनका विषयमा मुख्य तीन वटा सम्झौतापत्र लगायत हस्ताक्षर हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । यस्तै बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका शिलशिलामा छलफल हुने बताईएको छ ।