ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल राष्ट्र बैंकले जारी गर्यो १५ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले ट्रेजरी बील जारी गर्दै १५ अर्ब ३३ करोड रुपैयाँ तरलता खिच्ने भएको छ । ट्रेजरी बील खरिदका लागि एक्सनको समय चैत ९ गते ३ बजेसम्मका लागि तोकिएको छ भने उक्त बील चैत १० गतेबाट जारी हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बील खरिद गर्न चाहाने ब्यक्ति, बैंक तथा वित्तीय संस्थाले अनलाईन मार्फत आवेदन दिनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । बिडिङ्ग खुल्ला भएसँगै १९१ बिडरले अनलाईन मार्फत बील खरिदका लागि आबेदन दिएका छन् ।

नेपाल राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बील ९ अर्ब ३ करोड , १८२ दिने ३ अर्ब ३० करोड र ३६४ दिने २ अर्ब रुपैयाँ गरी कुल १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बील जारी गरेको छ ।

जारी भएका बीलहरु मध्ये २८ दिने ट्रेजरी बील २०७८ असार २८ गते , १८२ दिने ट्रजरी बिल असोज ५ गते ३६४ दिने बील आगामी बर्षको चैत ८ गते परिपक्व हुने नेपाल राष्ट्र बैकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *