मौरिसस स्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको बिदेशी ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडलले नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई मौरिससस्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न सुचना जारी गरेका छन् ।
बिदेशी बिनिमय(नियमित गर्ने) ऐन २०१९ को दफा १२ को प्रयोग गरी उक्त सुचना जारी गरिएको हो । नेपालका बैंक तथा वित्तीय संस्थाले उक्त रेमिटसँग उठाउनुपर्ने रकम भए तत्काल असुल उपर गर्न पनि निर्देशन जारी गरेको छ ।