ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललितपुर मेयर वुमेन्स च्याम्पियनसिप टी-२० चैत २१ देखि

काठमाडौं । आगामी चैत्र २१ गते देखि चैत्र २८ गतेसम्म नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ललितपुर मेयर वुमेन्स च्याम्पियनसिप टी-२० प्रतियोगिता हुने भएको छ ।

पुसमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका चार सेमिफाइनलिस्टको सहभागिता रहने उक्त प्रतियोगि राउन्ड रोबिन लिग पद्धतिमा हुने छ । टी-२० पद्धतिमा हुने प्रतियोगितामा पीएम कपको विजेता प्रदेश नम्बर १, विभागीय टोली नेपाल एपीएफ कप, लुम्बिनी र सुदूरपश्चिम प्रदेश र मेयर-११ को सहभागिता रहने छ । पीएम कपमा सेमिफाइनलसम्म पुग्नबाट वञ्चित रहेका बाँकी टोलीको खेलाडीहरूबाट समेटेर मेयर-११ को निर्माण गरिने क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए ।

त्रिवि क्रिकेट मैदानमा हरेक दिन प्रतियोगिताका दुई खेल हुने र समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने क्यानले बताएको छ ।त्यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार र विधागत- ब्याटिङ र बलिङतर्फ उत्कृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् । हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार र प्रत्येक खेलाडीले म्याच फि बापत १ हजार रूपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *