ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जन्मदिनमा १४ जना आफन्त भेटेकी नर्वेकी प्रधानमन्त्रीले जनतासंग मागिन माफी

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

एजेन्सी चैत्र ८ । फेब्रुअरी २५ का दिन उनी ६०औं जन्मदिन मनाउन परिवारसहित नर्वेको राजधानी ओस्लो बाहिरको होल नगरपालिमा प्रधनामन्त्री एर्ना सोल्वेगले १४ जना आफन्तलाई भेटेपछि जनतासंग माफी मागेकी छन् । उक्त नगरपालिका र केन्द्रले कोरोना नियन्त्रणको लागि निजी भेटघाट तथा गतिविधिमा १० जनाभन्दा बढी भेला हुन नपाउने नियम जारी गरेको थियो तर उनले १४ जनालाई भेटेकी थिइन् ।

प्रधानमन्त्री सोल्वेग १४ जना पारिवारिक सदस्यसहित दुई दिनको लागि कोल नगरपालिकाको एक रेस्टुरेन्टमा पुगेकी थिइन् । व्यक्तिगत गतिविधिको लागि १४ जना जम्मा हुनुले सरकारबाट जारी गरिएकै नियमको सरकार प्रमुखले नै उल्लंघन गरेको थाहा पाएर नर्वेको सरकारी सञ्चारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो । उनले माफी माग्दै भनेकी छन् – ‘म प्रत्येक दिन कोरोना संक्रमणको लागि काम गर्ने तथा नियम बनाउने गर्दछु’ उनले एनआरकेसँग कुराकानी गर्दै भनेकी छिन्, ‘यस अर्थमा पनि मैले नियम राम्रोसँग थाहा पाएर कार्यान्वयन गर्नुपर्ने हो । तर, मैले नियमहरूको राम्रोसँग याद नगर्दा गल्ती हुनगयो । म माफी चाहन्छु ।’

नर्वेका नागरिकले नियमको पूर्ण पालना गरेको र आफूबाट उल्लंघन भएको हुँदा नागरिक रिसाएको भन्दै उनले आफूबाट भएको गल्तीको नागरिकसरह नै कानूनी कारबाही भोग्न समेत तयार रहेको बताएकी छिन् । प्रधानमन्त्री सोल्वेग आफूसहित १४ पारिवारिक सदस्य लिएर २५ फेब्रुअरी शुक्रबार अपरान्ह रेस्टुरेन्ट पुगेकी थिइन् । यद्यपि, सोही समयमा उनको आँखामा समस्या देखिएपछि उनी भने उपचारको लागि तुरुन्तै ओस्लो फर्किन् । उनको परिवारका सदस्य भने शनिबार अपरान्हसम्मै सोही ठाउँमा बसेको एनआरकेले रिपोर्टमा जनाएको छ । सामान्यतः व्यक्तिगत गतिविधिको लागि भेटघाट गर्दा आयोजकले बीस हजार र सहभागीले १० हजार क्रोनर जरिवाना लाग्ने नियम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *