ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भ्रमणभत्ता बढाउन विषयगत समितिका सभापतिहरुको सभामुखसंग माग

काठमाडौं चैत्र ८ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुले सांसदहरुको भ्रमणभत्ता बढाउनुपर्ने माग राखेका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारस्थित कार्यकक्षमा भएको छलफलमा सभापतिहरुले भ्रमणभत्ता बढाउन माग गरेका हुन । छलफलमा सहभागि अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला (खरेल)ले भनिन्- ‘सांसदको भ्रमण भत्ता अन्त्यन्तै न्यून छ । त्यसमा कति के गर्न सकिन्छ यसको व्यवस्था समय अनुसार हुनुपर्ने छ भनेर राख्यौं’ त्यस्तै अर्थ समितिका सभापति कृष्ण दाहालको भनाई छ- ‘समिति अध्ययनमा बाहिर जान पर्यो भने पैसाको समस्या छ ।

बस्ने, खाने सबैका लागि २५ सय दिइन्छ, अरु अश्र मतलब छैन्’ दाहाल भन्छन्, ‘भ्रमण भत्ता कम भएकै कारण समिति सचिवालयले सांसदहरुलाई भ्रमणमा लैजान खोज्दैन । त्यसकारण भ्रमण भत्ता परिमार्जन गर्नपर्यो भनेर राख्यौं ।’ सांसदहरुलाई अहिले भ्रमण भत्ता २५ सय दिने व्यवस्था छ । यसरी सभापतिहरुले भत्ता बढाउन मागगरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले अध्ययन गरेर जवाफ दिने जनाएका छन् । प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापतिको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *