ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

५ सय डलर सम्मका बिदेशी बस्तु प्रिपेड कार्ड मार्फत खरिद गर्न सक्ने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
featured

काठमाडौं । आईतबार अनलाइन मार्फत बिदेशी बस्तु तथा सेवा खरिदका लागि नेपाल राष्ट्र बैंकले अधिकतम ५ सय डलरसम्मको भुक्तानीलाई बैधता दिएको छ ।

नेपाल राष्ट्र बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागले ‘एकिकृत परिपत्र २०७६’ को एकिकृत इ.प्रा. परिपत्र १५/२०७६ दफा ७ मा १६ बुद्दा थप गरेको छ । नेपालका बाणिज्य बैक र बिकास बैंकलाई परिपत्र जारी गर्दै ५ सय डलरसम्मको बिदेशी मुद्राको सटही ‘प्रीपेड कार्ड’ मार्फत गर्न सक्ने गरी ब्यवस्था गरेको छ । परिवर्त्य बिदेशी मुद्राको प्रीपेड कार्ड लिन चाहाने ब्यक्ती फर्म कम्पनी वा संस्थाले नेपाली मुद्रालाई बिदेशी मुद्रामा परिवर्तन गरी त्यो कार्ड लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो कार्ड प्राप्त गर्नका लागि सम्वन्धित प्रयोगकर्ताले आफ्नो केवाई सी ‘ग्राहक पहिचा बिवरण ’ आवधिक गर्ने र स्थायीलेखा नम्बर प्यान अनिवार्यरुपमा लिएको हुनुपर्नेछ । ग्राहकको अनुरोधमा उक्त दिनको बिनिमय दरका आधारमा अधिकतम ५ सय डलर बिदेशी मुद्रा सटही गरि कार्डमा राख्न सकिने तथा बर्षमा ५ सय डलरभन्दा बढीको कारोवार गर्न नपाउने राष्ट्र बैंकले ब्यवस्था गरेको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *