कोरोनाले पुनः महामारीको रुप लिन सक्ने भन्दै सजग रहन स्वास्थ मन्त्रालयको आग्रह

काठमाडौं,चैत ८। पछिल्लो समय छिमेकी भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको र त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रममा संक्रमण पुन फैलिन सक्ने भएकोले सम्बन्धित निकायलाई सचेत गराइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै सिमा नाकामा कडाइ गर्नुका साथै एन्टिजेन परीक्षण गर्न प्रदेश र स्थानिय निकायलाइ मन्त्रालयले निर्देशन दिएको छ । यसैगरि पछिल्लो चौविस घण्टामा ३ हजार १ सय ८१ वटा नमुना परीक्षण गर्दा उपत्यकामा ४१ सहित देशभर ७७ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ । यसैगरि थप १ सय ६ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको छ ।
हाल देशभर ४८ जना क्वारेन्टिनमा र ९ सय ६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।