ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिभिल बैंकले सातै प्रदेशमा “ग्लोबल मनी विक”सप्ताह मनाउने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत ८ । सिभिल बैंकले “ग्लोबल मनी विक’को सात दिनमा विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । बैकले चैत ९ देखी १५ गतेसम्म ७ दिन सातै प्रदेशमा वित्तीय सारक्षता तथा क्युआरको मार्फत भुक्तानी लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने घोषणा गरेको छ ।

चैत ९ गते प्रदेश नं १ को बिराटनगर र बिर्तामोड, चैत १० गते प्रदेश नं २ को जनकपुर, चैत ११ गते बागमती प्रदेशको बनेपा र धुलिखेल ,चैत १२ गते गण्डकी प्रदेशको बेगनास ताल ,चैत १३ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा, चैत्र १४ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा र चैत १५ गते सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनी लगायतका वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।


उक्त योजना अन्तर्गत बैंकले आफ्नो सामाजिक संजालमार्पत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने जनाएको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *