सामाजिक क्षेत्रमा सक्रिय अभियान्ताहरु सम्मानित हुँदा, विज्ञ देवेन्द्र प्रधानलाई बिशेष सम्मान

काठमाडौँ, चेत ८ । सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुयाउने व्यक्तित्वलाई सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरेका ।
सामाजिक क्षेत्रमा बिशेष योगदान पुर्याउँदै आएका समाजसेवी तथा राजनितिक व्यक्तित्व देवेन्द्र प्रधान, एनआरएन आइसिसि केन्द्रिय उपाध्यक्ष समाजसेवी अजुन कुमार श्रेष्ठलाई विशेष सम्मान गरिएको छ ।
यस्तै सम्मान पाउनेमा पूर्व ट्राफिक प्रहरी तथा ललितपुर महानगरपालीका प्रहरी प्रमुख सिताराम हाछेथु छन् । यातायात विज्ञ देवेन्द्र प्रधानले सम्मानबाट सामाजिक क्षेत्रमा लाग्न थप उत्प्रेरणा थपेको बताए ।सोसल वेयलफेयर अवार्ड पाउनु हुनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ्जेल र लिली थापा लगायत छन् ।
श्रम तथा रोजगार विषयमा कलम चलाउने राससका पत्रकार असोक घिमिर, वैङकीङ तथा इन्सुरेन्स कम्पनी साथै समाजसेवीे लक्ष्मी रिजाल , सिसेज व्यूटी क्वीन तथा समाजसेवी राजनैतिक सन्तोषी शाही ठकुरी , व्यवसायी तथा समाजसेवी रोटरीयन रसुमिला श्रेष्ठ, इटहरीका वरिष्ठ पत्रकार तथा समाजसेवी गणेश निरौला, लगायतलाई विभिन्न सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले समाजसेवामा तल्लीन व्यक्ति तथा संस्थालाई सामाजिक रुपान्तरणका लागि सिजन मिडियाले गरेको सहयोग सरहानीय रहेको बताउनुुभयो । समाजसेवामार्फत नेपाल र नेपालीको सेवामा खट्ने सहयोगी हातलाई सधैँ सबैले सहयोग गर्नुपर्नेमा उहाँले मन्त्री श्रेष्ठले बताए ।
सरकारले ‘समृद्ध नेपाल, सुुखी
सिजन मिडियाका संस्थापक प्रदीपराज वन्तले स्वदेश तथा विदेशमा रही मातृभूमिको सेवामा समर्पित समाजसेवीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।