ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सभापति शेरबहादुर देउवाले सरकारमा जान आनाकानी गरेको भन्दै दवाव दिन पौडेल पक्षको भेला सुरु

काठमाडौं चैत्र ८ । सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्वमा जाने विषयमा आनाकानी गरेपछि वरिष्ठ नेता पौडेल पक्षले वेग्लै भेला सुरु गरेको छ ।

प्रधानमन्त्री केपी ओलीलाई हटाउ कांग्रेसले भूमिका निर्वाह गर्नु पर्ने बतारहेका समयमा सभापति शेरबहादुर देउवा पछि हटेको भन्दै दवाव दिन पौडेल पक्षले भेला सुरु गरेको हो ।
पौडेलको निवास बोहोराटारमा सुरु भएको बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव,डा.मिनेन्द्र रिजाललगायत नेताहरू हभागी भएको जनाइएको छ ।

कांग्रेसले अग्रसता नलिदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको भन्दै औली सरकार गिराउन कांग्रेसले भूमका खेल्नु पर्ने पौडेल पक्षको भनाई छ । यस अघि माओवादी केन्द्र, र जसपासंग छलफल गरेका सभापति देउवा भने उनीहरुकले सरकारबाट समर्थन फर्ता गरेपछिमात्र थप कदम चाल्ने अडानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *