ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तीन महिनाभित्र सबै नागरीककलाइ कोरोना विरुद्धको खोप लगाउने प्रधानमन्त्रीको बाचा तुहियो,दोश्रो चरण पार नगर्दै अभियान स्थगित

काठमाडौं,चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान शुभारम्भ गर्दै ३ महिनाभित्र सबै नागरीकको पहुँचमा खोप उपलब्ध गराउने घोषणा गरेका थिए। तर सबै नागरीकलाइ खोप उपलब्धता गराउनु त कता हो कता सरकार आफैंले घोषणा गरेको प्राथमिकतामा परेका नागरीकलाइ पनि खोप नलगाइ अभियान नै स्थगीत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गते कोरोना विरुद्धको खोपको शुभारम्भ गर्दै तीन महिनाभित्र सबै नागरीकमा खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।
प्रधानमन्त्रीले घोषणा गरेको २ महिना नपुग्दै खोप अभियान स्थगित गरेको छ । पहिलो चरणमा अंग्रपङ्तिमा खटिनेलाई खोप लगाएको स्वास्थ्य मन्त्रालयले दोस्रो चरणलाई दुई भागमा विभाजन गर्दै खोपलाई निरन्तरता दियो ।

दोस्रो पटकको पहिलो चरणमा ६५ बर्षमाथीका नागरिकलाई खोप लगाएको सरकारले दोस्रो चरणमा ५५ देखि ६४ बर्षका जेष्ठ नागरिकलाई खोप लगाउने जनाएको थियो । पटक पटक खोपको प्राथमिकता परिवर्तन गरेको सरकारले थप खोपको व्यवस्था गरेको भन्दै प्राथमिकता परिवर्तन नगरी सवै नागरिकलाई खोप युर्याउने स्वास्थ्य मन्त्रालयका सचीव लक्ष्मण अर्यालले बताएका थिए ।

तर सरकारले पहल गरेअनुसारको खोप उपलब्ध हुन नसकेको भन्दै अभियाननै स्थगित गर्यो । भारतबाट अनुदानमा आएको १० लाख डोज र सरकारले खरिद गरेको १० लाख डोज खोप प्रयोग भइसकेको त्यस्तै चीनले दिने भनेको खोप समेत नेपाल सकारका कारण बेजिङ विमान्थलमा अड्किएपछि नेपालमा खोप अभाव भएको भन्दै स्थगित गरेको छ । तर पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले भने सरकारलाई अबजसमात्र दिने गरेको भन्दै आफै आक्रोष पोख्छन् ।

पटक पटक गरेको बाचा पुरा नहुनुमा सरकारी तयारी नै कमजोर रहेको डा रविन्द्र पाण्डेको भनाइ छ । कामको जस लिन खोज्ने तर तयारी नगर्ने प्रवृत्तीले जनता आजाती हुने उनीहरुको भनाइ हो ।
औषधी ब्यवस्था विभागले अहिलेसम्म ३ वटा खोपलाई आपतकालीन प्रयोगका लागी अनुमती दिसकेको छ । सबै भन्दा पहिला अक्सफोर्ड युर्निभरसिटि र बेलायती कम्पनी एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप,चीनले निर्माण गरेको सिनोफार्मको भेरोसेल र भारतले निर्माण गरेको कोभ्याक्सिन खोप नेपालमा आपतकालीन प्रयोगका लागी अनुमति पाइसकेको छ । तर सरकारले अहिलेसम्म कोभिसिल्ड बाहेक अर्को खोपको प्रयोग गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *