सरकारले उपचारको लागी दिन लागेको सहायता रकम विपन्नलाइ सहयोग गर्न जोशी परीवारको आग्रह

काठमाडौं, चैत ८ । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ रकम वीर अस्पतालमा उपचार गराइरहेका विपन्न परिवारका सदस्यलाई दिन परीवारले आग्रह गरेको छ ।
ब्रेन ह्यामरेज भएपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि मन्त्रिपरिषदले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
उप प्रधानमन्त्री इश्वर पोखरेल जोशीको अवस्था बुझ्न अस्पताल पुगेका थिए। त्यहीँ उनले उपचारका लागि सघाउने बताएका थिए।