होशियार !! नेपालमा हिटलरको उदय हुदैं छ – पूर्व प्रधानमन्त्री डा भट्टराई
काठमाडौं चैत्र ८ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’को उदय भइरहेको जनाएका छन् । सामाजिक सञ्जाल मार्फत पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ‘हिट्लर’को उदय भइरहेको भन्दै सवैलाई सचेत हुन आग्रह गरेका छन् ।
पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गर्दै सबैमाथि खड्ग चलाउन थालेको भन्दै डा भट्टराईले प्रधानमन्त्री केपी ओली लक्षीत प्रहार गरेका छन् । उनले लेखेका छन् -।, ‘हिटलरबारे चर्चित भनाइ छ –‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेनँ किनकी कोही पनि बाँकी थिएन !’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !!