ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बालुबाटारमा गौतमको जोड चलेन

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं चैत्र ८ । बामदेव गौतम तथा नेपाल- खनाल पक्षका सांसदहरुसोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार र कृष्णभक्त पोखरेलले संसदीय दलको बैठकमा भागको विषय यतिवेला चर्चमा छ । पाण्डे, श्रेष्ठ र सुनुवारले ओलीलाई खनाल–नेपाल समूहका ३८ सांसदको हस्ताक्षरसहितको पत्र बुझाउदाँ गौतम पार्टीमा एकताको विकल्प छैन रट्टानमा थिए   ।

 ‘बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने’ सहितका माग राखेका नेपाल- खनाल पक्षले  पार्टी बैठकहरू प्रधानमन्त्री निवासमा नगरेर सम्बन्धित कार्यालयमा गरिए सहभागी हुने सन्देश बालुबाटार पुर्यएका हुन् । उनीहरुको पत्रपछि पनि ओली पक्षले नेताहरुलाई स्पष्टी करण सोधेको छ । यता एकताको सन्देश लिएरै बालुबाटार पुगेका गौतम पनि जिल्लिएका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल- खनाल पक्षक नै एकतामा नआएको भन्दै- ‘तपाईं एकता, एकता भन्नुहुन्छ । देख्नुभयो नि, को एकता चाहन्छ, को चाहँदैन ! बाहिरबाहिर कराउँदै, गुटका भेला गर्दै हिँडेकाहरूले नचाहेका हुन् एकता । मैले त संसदीय दल, केन्द्रीय कमिटी बैठकमा आउनोस् भनेर खबर पठाएकै हुँ । भीरबाट लड्ने गाईलाई म काँध हालुँ ?’ ओलीको पश्न थियो ।

गौतमले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने पहल अध्यक्षको नाताले ओलीले गर्नु पर्ने भन्दै ‘मैले उहाँहरू (माधव नेपाल, झलनाथ खनाल)सँग पनि कुरा गरेको छु, वरिष्ठ नेता भएकाले तपाईंहरूले सहमतिका लागि पहल गर्नुपर्छ भनेर । अब तपाईंसँग त्यही भन्दैछु, तपाईं अध्यक्ष हो, तपाईंले एकताका लागि प्रयत्न गर्नुपर्छ’, गौतमले भने । 

गौतमले आफू पार्टी एकताको अभियानमा रहेको र उद्देश्य पूरा नहुँदासम्म सो अभियान जारी रहने बताए । फगुन २८ मा ओली समूहले राखेको केन्द्रीय कमिटीको बैठकलाई गौतमले केन्द्रीय कमिटीको बैठक मान्न नै अस्वीकार गरेका छन् । ‘फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन ।त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ ।’ उनको भनाई थियो । यसरी पार्टी एकता मिलाउन बालुबाटार पुगेका गौतम आफै जिल्लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *