पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण

काठमाडौं ,चैत ७ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना विरूद्धको पहिलो खोप लगाएको ठीक दुई दिनपछि उनलाई संक्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्री खानले बिहीबार चीनमा विकास गरिएको सिनोफार्म खोप लगाएका थिए ।
पाकिस्तानमा शनिबारसम्ममा ६ लाख २० हजार संक्रमित रहेको सरकारी तथ्याङ्क रहेको छ ।भने कोरोनाका कारण १३ हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
पाकिस्तानले चीनबाट सहयोग स्वरुप प्राप्त गरेको १० लाख खोप प्रथमिकताका आधारमा स्वास्थ्यकर्मी तथा उच्च जोखिममा रहेका मानिसहरूलाई खोप लगाउन सुरू गरिसकेको छ ।