ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमरलाल र इभानालाई स्वर्ण

काठमाडौं महानगरपालिका २५ का अमरलाल मल्ल र ललितपुर महानगरपालिका १२ की इभाना थापाले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अमर पुरुष तथा इभाना महिला सिंगल्समा पहिलो भए । दुवै स्पर्धामा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने प्रावधान थिएन ।


लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अमरले विराटनगर ३ का बोधित डिसीलाई ११–५, १२–१०, ११–७, ६–११, १–११ र १३–११ को सेटमा पराजित गरे । धरान २ का महावीर जैशवाल र भक्तपुर ५ का राजीव चिकन्बन्जर संयुक्त रुपमा तेश्रो भए ।

भ्याली कन्स्ट्रक्सनको मुख्य प्रायोजनमा स्पिन इभेन्ट प्रा।लि। द्वारा आयोजित प्रतियोगिताको महिला उपाधि भिडन्तमा इभानाले सिलिचोङ गाउँपालिका ४ की वियन्का राईलाई ८–११, ११–९, ११–७, १२–१० र १२–१० को सेटमा हराइन् । काठमाडौं २ की सुभश्री श्रेष्ठ र भक्तपुर ५ की दिया देउला तेश्रो भए । पुरुष-महिला दुवैमा शीर्ष तीन स्थान हात पर्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पारे । प्रतियोगितामा विराटनगर ३ समग्रमा टिम च्याम्पियन बन्यो । २ स्वर्ण र २ रजत जितेको विराटनगर ३ ले आकर्षक रनिङ शिल्डसहित ५० हजार नगद पुरस्कार हात पा¥यो ।


विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको पुरुष ४० वर्षमाथि भेट्रान सिंगल्समा विराटनगर ३ का राजेश भट्टराई पहिलो र विकेन थापा दोश्रो तथा काठमाडौं ३२ का नरेश रावल र बूढानीलकण्ठ १२ का कपुर शर्मा पौडेल तेश्रो स्थानमा रहे । सोही स्पर्धाको ५५ वर्षमाथि धरान १२ का राजन सुब्बाले स्वर्ण, ललितपुर १६ का प्रकाश धाक्वाले रजत तथा काठमाडौं ३१ का विनयकुमार सिंह र ललितपुर ११ का सरदमान श्रेष्ठले कांस्य जिते । दुवै उमेरसमूहका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाए । पुरुष टिम इभेन्टमा विराटनगर ३ पहिलो, धरान ९ दोश्रो तथा ललितपुर १९ र धरान १२ तेश्रो बने । महिला टिममा भक्तपुर ५ पहिलो, भक्तपुर २ दोश्रो तथा काठमाडौं २ र ललितपुर १२ तेश्रो स्थानमा रहे ।


विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *