देशभर ७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,चैत ७ ।देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार ६ सय ३७ वटा नमुना परीक्षणमा देशभर ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७५ हजार ८ सय २९ जना रहेका छन्।
कोरोनाका कारण हालसम्म मृत्यु हुने संख्या ३ हजार १६ जना रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट ८२ जना निको भएका छन्। हालसम्म निको हुने संख्या २ लाख ७१ हजार ८ सय १५ रहेको छ ।
यो संक्रमित मध्येको निको हुने ९८ दशमलव ५ प्रतिशत रहेको छ ।
देशभर क्वारेन्टिनमा ४७ जना र संक्रिय संक्रमित ९ सय ९८ जना रहेका छन्।