आज विश्व मुख स्वास्थ्य दिवश

काठमाडौं चैत ७ । हरेक बर्षको मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस मनाउने गरीन्छ । पछिल्लो समय मुख तथा दाँत सम्बन्धी विभिन्न संक्रमण बढिरहेकोले दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाउने गरेको नेपाल डेन्टल साइन्स एसोसिएसन अध्यक्ष माइकल देवकोटाले बताए।


शरीर भित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार मुख भएकोले दाँत तथा मुख सफा नभएको अवस्थामा विभिन्न किसिमका रोग लाग्न सक्छन । त्यसैले दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिन दन्तरोग विशेषज्ञ डा प्रकाश बुढाथोकीको सुझाब छl
बिहान र बेलुका नियमित दाँत माझ्दा मुख तथा दाँत सम्बन्धी ९० प्रतिशत रोग नियन्त्रण गर्न सकिने चिकित्सकको भनाई छ ।

