ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दक्षिण एसियाको पहिलो र विश्वको ८७ औ खुसी मुलुकको सुचीमा नेपाल

काठमाडौं । गत बर्ष ९२ औ स्थानमा खुसी मुलुकको सुचीममा रहेको नेपालले आफ्नो स्तर सुधार गर्दै ८७ औ स्थानमा उभिएको छ । छिमेकी मुलुकहरू चीन ८४ र भारत १३९औं स्थानमा रहेका छन ।

नेपालले ५.२६९ स्कोर पनि प्राप्त गरेको छ । कूल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।

यसपटकको सूचीमा डेनमार्क, स्वीटजरल्याण्ड, आइसल्याण्ड, र हल्याण्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा छन्। सबैभन्दा खराब अवस्था अफगानिस्तानको छ, जो जिम्बावे र रुवान्डाभन्दा पनि मुनि छ। सुखी र खुसी मुलुकको संसारको टप टेनमा नर्वे, स्वीडेन, लक्जम्वर्ग, न्युजिल्याण्ड र अष्ट्रिया लगायतका नार्डिक मुलुकहरु रहेका छन । 

विश्वका ठूला आर्थिक महाशक्ति राष्ट्रहरु अमेरिका १९ र जापान ५६ नम्बरमा रहेको रिपोर्टमा उल्लेख छ। मालदिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५ र श्रीलंका १२९ नम्बरमा परेका छन्।

कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राख्दै यसपटक वर्ल्ड ह्याप्पीनेस २०२१को दुई प्रकारको रिपोर्ट बनाइएको छ। एउटा रिपोर्ट २०१८ देखि तीन वर्षका लागि तयार गरिएको सर्वेक्षणको औसत नतिजा समेटिएका छन्। 

अर्को रिपोर्टमा सन् २०२० को वर्षलाई मात्रै केन्द्रमा राखिएको छ, जसबाट मुलुकहरूको जनजीवनमा कोभिडको असर पनि पत्ता लगाउन सकियोस्। दुवै प्रतिवेदनका उत्कृष्ट १० को सूचीमा फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, सवीटजरल्याण्ड, हल्याण्ड, नर्वे, स्वीडेन, न्युजिल्याण्ड र अष्ट्रियाका नाम छन्।

अध्ययनमा सहभागि राष्ट्रसंघका जोन हेलीवेल भन्छन् –खुशि मुलुक भनेका ती हुन् जहाँका जनताले अपनत्व महसुस गर्छन् । जहाँ विश्वास र खुशि बाँडिन्छ र सार्वजनिक संस्थाप्रति भरोसा हुन्छ ।’ अध्ययनले मुस्लिमप्रतिको घृणा, बेरोजगारी र सामाजिक विश्रृंखलाको कारण केही मुलुक पछाडि परेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *