ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौंका यी स्थानमा शनिबार बिजुली काटिने ।

काठमाडौं, चैत्र ७ । नेपाल विद्युत् प्राधिकरणले शनिवार काठमाडौंका भित्रका विभिन्न स्थानमा बिजुली काटिन बताएको छ । 

प्राधिकरणका अनुसार सडक विस्तारलगायतका कारणले  बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जानकारी दिएको छ ।

सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जानकारी दिएको छ । शनिवार बिहान १० बजेदेखि अपरान्ह् २ बजेसम्म बिजुली काटिने  प्राधिकरणको सूचनामा उल्लेख छ । 

बत्तिसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि अपरान्ह् ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ ।  पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणले बताएको छ ।

प्राधिकरणका अनुसार शनिवार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ । लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *