देशभर १२५ जनामा संक्रमण पुष्टि १, जनाको मृत्यु

काठमाडौं,चैत ६ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार १ सय ६१ वटा नमुना परीक्षणमा देशभर १ सय २५ जनामा कोरोना भाइरस संक्मर पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७५ हजार ७ सय ५० जना रहेका छन्।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संख्या ३ हजार १६ जना रहेका छन् । गत चौबीस घण्टामा देहभरबाट १ सय २३ जना निको भएका छन्। हालसम्म निको हुने संख्या २ लाख ७१ हजार ७ सय ३३ रहेको छ । यो संक्रमित मध्येको निको हुने ९८ दशमलव ५ प्रतिशत रहेको छ ।देशभर क्वारेन्टिनमा ५१ जना र संक्रिय संक्रमित १ हजार १ जना रहेका छन्।