ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले सिमानाकामा कडाइ गरेको बताए पनि सिमा अस्तब्यस्त

काठमाडौं,चैत ६ । विभिन्न देशमा कोरोना भाइरसको संक्रमण पुन: बढ्दा कर्फ्यू, लकडाउन र यात्रामा प्रतिवन्ध कडाईका साथ लगाउन थालिएको छ । नेपालमा पनि केही दिन यता कोरोना संक्रमितको संख्या बढ्ने क्रममा देखिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमण बढेको समयमा नेपाल/भारत आवतजावत खुल्ला गर्न सिसिएमसीले सिफारीस गरेपनि नेपाल सरकारले भने सीमा नाकाहरुमा कडाइ गर्न थालिसकेको दावी गरेको छ ।

कोरोनाबाट लामो समयदेखि जुधि रहेको भारतको महाराष्ट्रको अवस्था फेरी एकपटक नियन्त्रण बाहिर गएको त्यहाँको पछिल्लो तथ्याङ्कले देखाउन थालेको छ । बिहीबार मात्रै २५ हजार ८ सय ३३ जना नयाँ संक्रमित पुष्टि भएको छन् । संक्रमण तीब्र गतिमा बढदै जाँदा राज्य सरकारले विभिन्न स्थानमा यात्रा प्रतिवन्ध, लकडाउन र कर्फ्यू लगाउन थालेको छ । विश्वका विभिन्न देशमा केही महिना संक्रमणको दरमा कमि देखीएपनि पछिल्लो समय फेरी संक्रमणको दर बढिरहेको देखिन्छ ।

नेपाल/भारत खुला सीमा क्षेत्र बाट हुने आवतजावतलाई व्यवस्थित पार्नुका साथै आवश्यक सतर्कता समयमै नअप्नाउने हो भने नेपालमा पनि संक्रमणले महामारीको रुप लिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्ट्रेन डा अनुप बास्तोलाले बताए ।
सरकारले भारतका कतिपय स्थानहरुमा संक्रमण उच्च रहेको भन्दै लकडाउन, कफ्यु लगाएको समयमा नेपाल सरकारले पनि भारत हुँदै नेपाल आउने विभिन्न नाकाहरुमा हेल्थ डेक्स ब्यवस्थापन गर्नुका साथै नाकाहरुमा कडाइ गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा संक्रमणदरमा केही कमि आएको देखिएपनि जोखिम हटिनसकेको मन्त्रालयले पटक पटक दोहोर्याउने गरेको छ । तर सिमा नाकाहरुमा कडाइ गर्नका लागी अहिलेसम्म कुनै निर्णय नभएको विभिन्न जिल्लाका प्रमुख जील्ला अधिकारीहरुको भनाई छ ।

नेपालमा कोरोना संक्रमणमा कमि आउनुका साथै खोप अभियान समेत सुरु भइसकेको छ । त्यसले गर्दापनि मानिसहरुले यसलाई हेलचक्राइको रुपमा लिरहेका छन् । अहिले खुल्ला स्थानहरुमा होस या गाडि अफिसमा काम गर्ने कर्मचारीले समेत भौतिक दुरी कायम गरेको देखिदैंन । न त मास्कको उचीत प्रयोग नै गरेको देखिन्छ । सर्वसाधारणहरु पनि कोरोना भाइरस केही नभएको बताउँछन् ।
बिहिबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले नेपाल र भारतबिच यातायात सञ्चालन गर्न मन्त्री परिषदलाई सिफारिस गरेको छ ।

अहिले भारतमा कोरोना भाइरस संक्रमणले महामारीको अवस्था लिइरहेको छ । यस्तो अवस्थामा यातायात सञ्चालन गर्न माग गर्नु कतिको उचित रहला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *