ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मल आयात गर्ने अन्य ६ मार्ग खुल्ला

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाण्डौ चैत ६ l कुनै समय सरकारले निशुल्क वितरण गरेको रासायनिक मल अहिले सरकार आफैलाई घाँडो भएको छ । समयमा सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसक्दा पटक पटलक आलोचना खेप्दै आएको छ । गत साउनका किसानलाइ रासायनिक मल उपलब्ध गरउन नसकेपछि तत्काकालिन कृषि मन्त्री घनश्याम भुषालले बंगलादेशबाट पैचोमा रासायनीक मल ल्याउने प्रकृया अघि बढाएका थिए । पछि बंगलादेशले पैचोमा मल दिन आनाकानी गरेपछि अहिले सरकारले जीटुजी मार्फत मल ल्याउन थालेको छ ।

मलको समस्या समाधान गर्न सरकाले अहिले चीनसँग भारत, र अन्य मुलुकहरुबाट ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग, ग्लोबल टेन्डर गरी मल आयात गर्न ६ वटा बाटो खुला भएको जनाएको छ । यसले वर्षेनी देखिने मलको समस्या समाधान हुने संकेत मिलेको छ ।
कृर्षि सामाग्री लिमिटेडका प्रवक्ता विष्णु पोेखेलका अनुसार चीनबाट सडकमार्गा हुदै पहिलो पटक ४ हजार मेटिकटन मध्ये १३ सय मेटिकटन युरीया मल आयात भएको बताएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चीनमा उत्पादन भएको युरिया नेपालको सिल्क मार्केट प्रालि मार्फत सडकमार्गबाट भित्र्याउन सुरु गरेको हो । बंगलादेशबाट पनि पहिलो लटमा २२ हजार ५ सय मेट्रिकटन मल नेपाल भित्रिईसकेको बताए । प्रवक्ता पोखेल भन्छन् नेपालमा वार्षिक करिब १२ लाख टन मलको माग रहेको छ । सरकारले मल खरिद गर्न यो आर्थिक वर्ष ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो रकमबाट ५ लाख टन खरिद गर्ने योजना सरकारको रहेको बताए । प्रवक्ता पोखेलका अनुसार बार्षिक १२ लाख टन मलको माग रहे पनि सरकारी निकायबाट औसतमा साढे ३ लाखभन्दा बढी आयात हुन सकेको छैन । तर यो वर्ष किसानलाई मलको समस्या नहुने प्रोखेल दावी गर्छन् ।

कृषि अभियन्ता उद्घव अधिकारीका अनुसार खेतीपातीको सिजनमा हरेक वर्ष किसानले मल अभावको समस्या झेल्दै आईरहेका छन् । अघिल्लो आर्थिकवर्षको मल बिच समयमा आएको थियो भने अहिले असार महिनाको लागी मल ल्याएको छ ,हामीलाई लाग्छ असारको मल कति छिटो ल्यायो तर वास्तवमा छिटो आएको होइन, धेरै दिलो आएको हो ,यो पहिलाकोनै मल हो अधिकारी भन्छन् हरेक बर्ष छिमेकी मुलुकबाट आयात गर्नु परेको छ । नेपालमा मल कारखाना खोल्ने भनेको शिवशर्माको कथा जस्तै हो , मल कारखाना खोल्न सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *