ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मासुको मुल्य आकाशियो

काठमाण्डौ चैत ६ l एक बर्ष अघि अधिक उत्पादन भएको भन्दै नेपाल ह्यारचरी संघले एक करोड बढि चल्ला र अण्डा नष्ट गरेको थियो । अण्डा, माशु, चल्ला र दानामा देश आत्मनिर्भर भएको भन्दै आयात प्रतिबन्ध लाउन लगाएको नेपाल ह्याचरी संघले अहिले भने माग अनुसार चल्लाको आपूर्ति गर्न सकेका छैन् ।

कोभिडका कारण विदेशबाट प्यारेन्ट अर्थात चल्ला बनाउने अण्डा उत्पादन गर्ने माउ ल्याउन नसकिदा चल्लाको आपूर्तिमा समस्या भएको ह्याचरी संघको भनाई छ । अहिले हप्तामा ४० लाख चल्लाको माग भएपनि संघले ३० लाख भन्दा बढि आपूर्ति गर्न सकेको छैन् ।

यता कृष भने ह्याचरी संघले भारत बाट गैर कानूनी रुपमा अण्डा आयात गरी नेपालमा चल्ला उत्पादन गरेको र उक्त चल्लामा बर्ड फ्लु देखिदा धामाधम मर्ने गरेको दावी गरेका छन् । चल्ला धमाधम मर्दा कृषक मार परेका बताएका छन् भने बजारमा कुखुराको मासुको मुल्य आकाशिएको छ । पछिल्लो समय कृषकले आफ्नो खोरमा ल्याएका सबै चल्ला मर्ने गरेको बताएका छन् । खरिदा गरेका चल्ला सबै मर्नु बर्ड फ्लु हुन सक्ने किसानको आशंका छ तर ह्याचरी संघ भने रानीखेत नामक रोगले मरेको बताउछन् । रानी खेत लागेर खोर नै रित्तिने गरि मर्दैनन् भारत बाट आयात गरेका अण्डाबाट उत्पादन भएका चल्लामा बर्ड फ्लु नै भएको कृषक बिष्णु खड्काले दावी छ ।

त्यस्तै संघले दानामा पनि आत्मनिर्भर भएको भन्दै दाना आयात गर्न समेत रोक लगाएको थिए । अहिले स्वयम् दाना उत्पाकहरु भारत बाट दाना आयात गर्दै नेपाली उत्पादन भन्दै महंगोमा विक्रि गरिरहेका कृषको भनाई छ ।
त्यस्तै दुई बर्ष देखि ह्याचारी संघले निरन्तर चल्लाको मुल्य बढाई रहेको छ । दुई बर्ष अघि चल्लामा आत्मनिर्भर भएको भन्दै आयात गर्न रोक लगाउदा चल्लाको मुल्य ६० रुपैयाँ थियो तर अहिले यो बढेर ११० पुगेको छ । चल्लाको मुल्य अत्याधिक बढेको भन्दै कृषकले नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पटक पटक ज्ञापन पत्र बुझाएपनि मागको सुनुवाई हुन सकेको छैन् ।

कुखुराको चल्ला, दाना र माग अनुसारको कुखुरा उत्पाद हुन नसकेपछि अहिले बजारमा कुखुरको मासुको मुल्य आकाशिएको छ । एक महिना अघि सम्म ३ सय रुपैयाँ पर्ने जिउँदो कुखाराको मुल्य अहिले ३८० रुपैयाँ पुगेको छ । भने मासुको मुल्यले ४ सय नाघेको छ । कुखुराको मासुमा आत्याधिक बढेको भन्दै नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चल्ला उत्पादक र दाना उत्पाक सँग यसै हप्ता छलफल गर्ने बताएको छ । विभागका नवनियुक्त महानिर्देशक प्रकाश पौडेलले मासुमा देखिएको समस्या समाधान गर्न विभागको टोलि चितवन पुग्ने बताएका छन् । ह्याचरी संघ, दाना उत्पादन, कृषक र सारोकार वाला सँग कुरा गरेर एक हप्ता भित्र समस्याको समधान निकाल्ने महानिर्देशक पौडलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *