ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नविन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं,चैत ६ । सरकारले पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

नर्भिक अस्पतालका चिकित्सकले पोखरेललाई जोशीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

जोशीको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *