ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको खोप किन्न नेपाललाई विश्व बैंकले आठ अर्ब सत्तरी करोड ऋण सहायता दिने

काठमाडौं,चैत ६ । विश्व बैंकले कोरोना खोप र महामारीको नियन्त्रणकालगी नेपाललाई साढे ७ करोड अमेरिकी डलर ८ अर्ब ७० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ ।

विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी खोपहरुको समतामूलक वितरणमा सहयोग पुर्‍याउने उदेश्यले अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको छ ।

यो सहयोगबाट नेपालले कम्तिमा एक तिहाइ जनसंख्यामा खोप पुर्‍याउन सक्ने विश्व बैंकले उल्लेख गरेको छ । ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको हो ।

यो रकमको ९० प्रतिशत हिस्सा कोभिड १९ खोप खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप विस्तार गर्न प्रयोग हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *