ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सत्तारुढ नेकपा एमाले भित्रको रडाको

काठमाडौं चैत्र ६ । बिहिबार सत्तारुढ नेकपा एमालेको ओली निकट संसदिय दलको बैठकले गुटगत भेला नगर्न र गरे कारवाही गर्ने चेतावनी दिदै अधिकार सम्पन्न वोर्डको गठन गर्यो । सोही समयमा नेपाल – खनाल समुहले देशभर समानान्तर समितिहरु विउत्याउने कार्यकर्ता भेलाबाट नै निस्कर्ष निकाल्यो । माधव नेपाल र झलनाथ खनाल समुहले बृहत कार्यकर्ता भेलाको समापन गर्दै गर्दा अध्यक्ष केपी ओलीले गुटगत भेला गर्नेलाई कावाही गर्न बनाएको वोर्डमा स्वयम गुटगत भेलाका नाईके भनिएका नेपाल र खनाल सहितको समावेश गरिएको छ

ललतिपुरको हेरिटेज गार्डेनमा नेपाल खनाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवज उठ्यो । नेताहरुले नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने आवाज उठिरहेको थियो ।अझ रोचक विषय त बालुबाटारमा नेकपा एमाले ओली समुहले संसदिय दलको बैठक आह्वान गर्दै गर्दा नेपाल( खनाल समुहले सानेपामा नै आफुनिकट सांसद भेला गर्यो । बालुवाटारमा हाजिर मात्र गरेर फर्किने भनेर हिडेका सांसद विचबाटो बाटै पुन सानेपा फर्किए भने केही सांसद बालुवाटार पुगे । उनीहरुले चैत्र ७ गते ओली समुहले आयोजना गरेको केन्द्रिय समितिको बैठकमात्र स्थगित गरेर नयाँ मिति तोक्न आग्रह मात्र गरेन्न् ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको समेत टिप्पणी गरे ।

ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने खोजेको नेपाल(खनाल समुहले आरोप लगाउदैं गुटबन्दी त्यागेर एकताको गल्ती सच्याउन ओलीलाई चेतावनी दिए । यसरी ओलीलाई गुटगत राजनीति छोड्न चेतावनी दिदै गर्दा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले भने गुटगत कृयाकलाप गरे कारवाही गर्ने भन्दै वोर्ड नै गठन गरे । गुटगत भेला गरे कारवाही गर्न सक्ने अधिकार संपन्न वोर्डको सदस्यमा फरक गुटका नेता दोय नेपाल र खनालनै सहभागी गराएपछि अझ रोचक बनेको छ ।

त्यतिमात्र हैन बैठकले नेकपा(एमाले)को संसदीय दलको विधान संशोधनका विधान संशोधन कार्यदल पनि गठन गर्यो । यसरी दुवै खेमामा एक अर्काको सहभागिताले बिहिबारको एमालेका गतिविधि मनोरञ्जन पुर्ण रह्यो । यसरी पार्टी भित्र फरक फरक गुटका भेलालेले संसदमा समेत असर पर्ने निस्चित प्राय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *