ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद पुन स्थापना पछिको चौथो बैठक पनि सोक प्रस्ताव पारितमै सिमित हुने त हैन ?

काठमाडौं चैत्र ६ । लगातार ३ वटा बैठक विना उपल्धि सकिएको प्रतिनिधिसभा पुन स्थापना पछिको चौथो बैठक आज बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।यस यघि बसेको पहिलो बैठक तत्कालिन नेकपा नेपाल-दाहाल समुहको बहिस्कार र प्रतिपक्षीको अवरोधका कारण स्थगित हुदाँ दुई बैठक सवक प्रस्ताव पारित गरेर सकिएका थिए ।

यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकाले जनाएको छ । संसदको हिउँदे अधिवेशन सुरु भएको दुई साता बितिसक्दा पनि बैठकमा महत्वपूर्ण विषयमा छलफल हुन पाएको छनै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *