युरोपेलीन मुलुकहरुले स्थगित गरेको खोप अभियान पुनः सुचारु गर्ने,

काठमाडौं ,चैत ६ । युरोपेली मुलुकहरुले अक्सफोर्ड युनिभर्सिटी र बेलायती कम्पनि एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरमले उत्पादन गरेको खोप लगाएपछि मानिसहरुमा रगत जम्ने (ब्लड क्लट हुने) समस्या देखिएको भन्दै १३ वटा युरोपेली मुलुकहरुले खोपको प्रयोगलाई अस्थायी प्रतिबन्ध लगाएको थियो । त्यसपश्चात युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले यसबारे अनुसन्धान गरेको थियो । यसबाट रगत जम्ने समस्या खोपसँग सम्बन्धित नभएको एजेन्सीले ठहर गरेको छ ।
युरोपको औषधि नियामक निकायले खोपलाई ‘सुरक्षित र प्रभावकारी’ बताएपछि युरोपेलीन देशहरुले खोपको प्रयोगलाई सुचारु गर्ने भएका छन् ।
जर्मनी, फ्रान्स, इटाली र स्पेनले खोपको प्रयोगलाई पुनः सुचारु गर्ने बताएको छ । भने स्वीडेनले केही दिनपछि यसबारे निर्णय गर्ने बताएको छ । अन्य देशहरुले यसबारे प्रतिक्रिया दिन बाँकी रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि बिहीबार सबै राष्ट्रहरूलाई खोपको प्रयोगलाई निरन्तरता दिन आग्रह गरेको छ ।
सोर्स _बिबिसी ।